दमक ।
कालोबजारी तथा समाजमा रहेका विकृतीहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्यसमिति गठन भएको छ ।
दमकका नारायण योङहाङको अध्यक्षमा नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ समिति बनेको हो । समितिको महासचिवमा पत्रकार बिष्णुप्रसाद पोखरेल रहेका छन् । समितिको उपाध्यक्षमा लक्की सिटौला, सम्झना खतिवडा, सचिवमा श्रवणकुमार महतो र सदस्यहरुमा यामप्रसाद भण्डारी, सुर्यबहादुर बस्नेत, सुनिल बोहोरा, सुरेन्द्र खनाल, शिवदास रहेकाछन् ।
समितिको दमकमा बसेको पुर्ण बैठकले एक महिनाभित्रमा प्रदेशभित्र जिल्लास्थित समितिहरु गठन गर्ने र त्यसपछि प्रदेश अधिवेसन गर्ने निर्णय गरेको योङहाङले बताएका छन् । उपभोक्ताको हित संरक्षणमा खुलेका सम्पूर्ण उपभोक्ताबादी संघ÷संस्थाहरुको छाता संगठनको रुपमा महासंघ रहने जनाईएको छ । महासंघको प्रदेश कार्यालय दमक नै रहेको छ ।
महासंघले देशभर नै बिधान अनुसार समितिहरु निर्माणलाई तिब्रता दिएको महासंघका केन्द्रिय अध्यक्ष चन्द्र साउदले बताएका छन् । महासंघ आम नेपालीहरुको साझा र विश्वासयोग्य बनाउने आफुहरुको प्रतिबद्धता रहेको पनि उनले बताउदै आएका छन् ।
महासंघका प्रवक्ता अर्जुन श्रेष्ठका अनुसार महासंघको उपस्थिति पालिकास्तरसम्म रहनेछ । यसले स्थानीय स्तरमा उपभोक्ताहरुको हकहित संरक्षणमा सम्बन्धित सरोकारवाला निकायहरुलाई खबरदारी गर्ने र आम जनताको महासंघ बन्ने पनि उनले बताए ।