बिर्तामोड । 

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर २ र ५ मा पर्ने सहिद मेममार्ग सडकको कालोपत्रेले गतिलिन नसकेको स्थानीयले बताएका छन् । 

‘उपभोक्ता समिति काम होस् या ठेकेदारको काम जे मार्फत भएपनि उचित समय र बेलामा काम हुदैन’ स्थानीय शारदा चम्लागाईले भनिन् ‘जब वैशाख, जेठ लाग्छ अनि बल्ल काम शुरू गर्ने गरिन्छ ।’ चाडवाड सकिएसँगै वाटोको काम सुरु हुने आसामा भएको बताउँदै उनले भनिन् ‘अनि कसरी गुणस्तरीय काम हुन्छ, उनले भनिन्  ‘यो सडकको कालोपत्रे सुरुमा राम्रोसँग चलेको र वर्षाको कारण रोकिएको कामले अझै गतिलिन सकेको छैन ।’ 

गत २०७७ मंसिर २१ गते प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीले शिलान्यास गरेसँगैं सडकको काम सुरू भएको थियो । हल्दिबारी २ का वडा सदस्य खकेन राजवंशीका अनुसार ठेकेकारलाई बारम्बार सम्पर्क गर्दा समेत सम्पर्क हुन सकेन । ‘समयमा काम सकिन्छ के भन्नेमा चिन्ता र चासोको बिषय बनेको छ’ उनले भने ‘काम गर्ने उपयुक्त समयमा ठेकेदारले काम गरेन ।’उनले भने मार्गको लम्बाई ९ किलोमिटर ३५६ मिटर रहेको छ भने जम्मा चौडाई ९ मिटरको हुनेछ ।

 कालोपत्रे डबल लेन अर्थात् ७ मिटरको रहने जनाइएको छ । उक्त सडक खण्डमा ५ वटा कल्पट र ३ किलोमिटर पक्की नालासमेत बन्ने जनाएइको छ । सडक खण्ड प्रदेश सरकारको बजेटबाट कालोपत्रे  हुने प्रदेश सभा सदस्य पूर्णसिंह राजवंशीले बताए । बहुबर्षिय आयोजना अन्तर्गत पूर्वाधार विकास कार्यालय झापाले ठेक्का लगाएको उक्त सडकको जम्मा लागत १७ करोड ४५ लाख ४३ हजार ७ सय १० रूपैयाँ ९८ पैसा रहेको छ ।

२०७९ असोज २० गतेसम्ममा काम सक्ने गरी प्यासिफिक एलाइट जेभी काठमाडौंले मेसिनबाट कालोपत्रे गर्ने सम्झौतामा कम्पनीले कामको जिम्मेवारी पाएको छ । निर्माण कम्पनीले गत २०७७ असोज २१ मा आयोजना सम्झौता गरी काम सुरू गरेको थियो ।