बुधवारे ।
झापाको बुद्धशान्ति गाउँपालिका –३ बुधवारेमा २ करोडवढिको लगानीमा सञ्चालनमा आएको वल्र्ड फर्निचर उद्योगले ६० जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
कोरोना महामारीका कारण धरासायी बन्दै गएको उद्योग लकडाउनपछि क्रमश सुधार हुँदै गएको उद्योग सञ्चालक मध्येका इश्वरीप्रसाद उप्रेतीले बताए । ६० जनावढिलाई रोजगारी दिदै आएको उद्योगमा सम्पूर्ण फर्निचरका सामाग्री निर्माण हुँदै आएको छ ।
२ करोडको लगानीबाट इश्वरीप्रसाद उप्रेती, अनिल उप्रेती र उमेश उप्रेतीले शुरु गरेको उद्योग हाल लगानी ३ करोड बढि पुगेको सञ्चालकहरुले बताएका छन् ।
‘उद्योगमा विवाह, होटल, घर, पार्टी प्यालेसमा आवश्यक फर्निचरका सामाग्री बनाइन्छ’ सञ्चालक इश्वरीले भने ‘गुणस्तरीय काठ र उच्चस्तरीय प्लाई प्रयोग गरेर अर्डर अनुसारका फर्निचरका समान तयार गरिन्छ ।’
फर्निचर उद्योगमा वाल दराज, थ्रिपिस दराज, टुपिस दराज, वानपिस दराज, सोफासेट, किचन डेकुरेशनसहित फर्निचरका सम्पूर्ण सामाग्री उपलब्ध हुने सञ्चालक उमेश उप्रेतीले जानकारी दिए ।
उद्योगको इलाम, झापाको कनियानी, सुरुङ्गा, बिर्तामोड, बुधवारेलगायतका स्थानमा सोरुम रहेको सञ्चालक अनिल उप्रेतीले बताएका छन् । उनले अर्डर अनुसार विवाह, होटल, घर, पार्टी प्यालेसमा आवश्यक फर्निचरका सामान सुपथ मूल्यमा तयार गरिने बताए ।
साढे ४ कठ्ठा जग्गा २० बर्षका लागि लिजमा लिएर फर्निचरको उद्योग स्थापना गरेको जनाइएको छ ।