- राजु बराल
चन्द्रगढी ।
झापाको चन्द्रगढीको हडिया कृषक कुलो जल उपभोक्ता सस्थाको अध्यक्षमा दिनानाथ उप्रेती चयन भएका छन् । संस्थाको १० औं साधारणसभाले शनिवार अध्यक्षमा उप्रेतीलाई चयन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा ध्रुब राज कार्की, सचिव मानबहादुर मगर, सह–सचिव खगेन्द्र बिमली र कोषाध्यक्षमा बिन्दु रुचाल चयन भएका सस्थाका निर्वाचन समितिका सदस्य राजु बरालले बताए।
आगामी चार बर्षे कार्यकाल रहेको सो समितिको सदस्यमा शिवप्रसाद सापकोटा, भिमबहादुर मगर, सन्तवीर खाती, नारायणप्रसाद दाहाल, यममाया थापा र मनिषा थापा मगर चयन भएका छन् ।
प्रदेससभा सदस्य श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यमा सम्पन उदघाटन सत्रमा प्रमुख अतिथि सिटौला, डिभिजन सिंचाइ कार्यालयका इन्जिनियर हरिकृष्ण आचार्य, भद्रपुर नगरपालिका वडा न. ९ का वडा अध्यक्ष शनिलाल राजबंशी, नेकपा एमालेका गोपालकृष्ण मैनाली, नेपाली काङ्ग्रेस वडा न. ९ सभापति चेतनाथ भट्टराई, नेकपा माओबादी केन्द्रका नरबहादुर थापा मगर, नेकपा एकीकृत समाजबादीका ज्ञानेन्द्र कटुवाल, देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बराल, प्रकाश एकता कृषि सहकारी अध्यक्ष गोपाल श्रेष्ठ, चन्द्रगढी सामुदायिक वन समूह कोषाध्यक्ष अनुज खतिवडा र दोस्रो खानेपानी तथा सरसफाइ समिति सचिव ध्रुवराज कार्कीले शुभकामना मन्तब्य राखेका थिए ।
दिनानाथ उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा धनमाया नेउपानेले स्वागत गरेकी थिइन् भने सञ्चालन सस्थाका सचिव मानबहादुर मगरले गरेका थिए ।