बिर्तामोड ।
आफ्नो भाषा, संस्कार, पहिरन तथा भेषभूषा र सांस्कृतिक र खानेकुराको परिकारलाई अन्य समुदायमा समक्ष पुर्याउने उदेश्यले झापाको बिर्तामोडमा नेवार समुदायले फुड फेस्टिवलओ आयोजना गरेको छन् ।
नेवा लेमा र नेवा पुचःको आयोजनामा आज(शनिवार) झापाको बिर्तामोडमा नेवा फुड फेस्टिवलको आयोजना गरेको छ । बिर्तामोडमा बसोवास गर्ने अधिकांश नेवार समुदायलाई नेवारी भाषा बोल्न आउँदैन । उनीहरु बोल्ल त जान्दैनन् नै भाषा समेत बुझ्न समस्या हुने गरेको बताउँछन् ।
बिर्तामोड नगरपालिका १ निवासी निलम प्रधानले नेवारी भाषा नजान्दा आफुहरलाई समस्या हुने गरेको बताइनन् । उनले भनिन् – हाम्रो पुस्तालाई नेवारी भाषा आउँदैन त्यसैले हाम्रो भावी पुस्तालाई नेवारी भाषा सिकाउन हामीले पहल गरेका छौं । अहिले देखिनै नेवारी भाषा, संस्कार , संस्कृति , चालचलन र रहनसहन सिकाउन सक्यौं भने भावी सन्ततिलाई हामीलाई जस्तो दुःख हुँदैन ।
नेवा पासा मुन पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठको पनि उस्तै दुःखेसो छ । उनलाई पनि आफ्नो भाषा आउँदैन । भाषा नजान्दा समस्या हुने गरेको उनी बताउँछन् । आफूलाई आफ्नै मातृ भाषा नआएपछि भावी पुस्तालाई नेवारी भाषा सिकाउन बिभिन्न खाले कार्यक्रमहरु गर्दै आएको उनको भनाई छ ।
नेवारी समुदायको खानाको परिकार बनाउन सिकाउने उद्देश्यले यो फेस्टिवलको आयोजना गरिएको हो । नेवार समुदायको खानाको मौलिक परिकार बनाउन र खान सिकाउन फुट फेस्टिवलको आयोजना गरिएको लेमा मेस पुचः अध्यक्ष समेत रहेकी निलम प्रधानले बताइनन् ।