गोलधाप । 

झापा हल्दिबारी गाउँपालिका वडा नं.१ ले कृषकलाई  कृषि औजार वितरण गर्ने भएको छ। वडा कार्यालयले आर्थिक बर्ष २०७८/०७९ मा कृषकहरूको सहजताका लागि उनीहरुको ५० प्रतिशत लागत कृषि औजार वितरण गर्न लागेको हो । 

गाउँपालिका वडा नम्वर १ का अध्यक्ष त्रिलोचन सापकोटाले कृषिलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्दै मकै रोप्ने मेसिन, मकै छोड्याउने मेसिन र कुटि काट्ने औजार कृषकलाई अनुदानमा उपलब्ध गराउन लागेको बताए। 

शुक्रबार सार्वजनिक सूचना आह्वान गरिएको र उक्त कार्यक्रममा सहभागी  हुन इच्छुक कृषक तथा कृषि समूहले   पौष ८ गते सम्ममा वडा कार्यालय गोलधापमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, मालपोत तिरेको रसिद, समूहको लागि भए समूहले निर्णय गरेको निर्णयको प्रतिलिपी, ५०प्रतिशत अनुदान बापत कृषकले ब्यहोर्ने रकम र निवदन पेश गर्न दिनुपर्ने छ। साथै यो कार्यक्रममा समूह÷कृषि फर्म÷कृषि संस्थालाई पहिलो प्राथमिकता दिईने समेत जानकारी अध्यक्ष सापकोटाले  बताए ।