झापा ।
जबरजस्ती करणी मुद्दामा फरार रहेका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले बाह्दशी गाउँपालिका –४ का ४२ वर्षिय बिष्णु प्रधान श्रेष्ठलाई पक्राउ गरी शुक्रवार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको हो ।
जबरजस्ती करणी मुद्दामा ५ बर्ष कैदको सजाय तोकिएका श्रेष्ठले पुनरावेदन अदालत, इलाम इजलासको मिति २०६६÷०३÷३० गतेको फैसला बमोजिम जबरजस्ती करणी मुद्दामा सजाय तोकिए पनि हालसम्म फरार रहेका थिए ।
फरार प्रतिबादीलाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयनको लागि झापाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भए बमोजिम हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएका प्रहरीले जनाएको छ ।