बिर्तामोड । 

स्वच्छ समाजका लागि सामाजिक अभियानले दृष्टिबिहिन तथा अपाङ्गता भएका बालबालिकालाई न्यानो कपडा र पोष्टिक खाद्यन्न बितरण गरेको छ । झापा नेत्रहीन संघसँग आवद्ध झापा भरिका बिद्यालय जाने तथा अन्य गरि ३५ जना बालबालिकाहरुलाइ जाडोमा लगाउने मोजा, ट्र्याकसुट र टोपीसँगै पोष्टिक खाना प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका वाड न ३ का वडा अध्यक्ष भोजराज सिटौलाले कति काम राज्यले गर्न नसकेको कार्य सामाजिक ब्यक्तिहरुबाटै गर्न सकिने भन्दै सहयोगी हातहरु प्रहरी निरीक्षक बिर्तामोडका निशेष चापागाईं, सामाजिक ब्याक्तित्व सुनिता धिमाल, मोहित अग्रवाल, बुद्धि घिमिरे, पिन्की धिमाल, मिरा माता, सत्यनारायण शाह, निलम अग्रवाललगायतलाई सराहनीय कार्यप्रति धन्यवाद ज्ञापन गरेका छन् । 

कार्यक्रममा अतिथि झापा नेत्रहीन संघका अध्यक्ष सिर्जना बराल, पूर्ब अध्यक्ष दोर्णचार्य निरौला, सल्लाहकार प्रेमप्रसाद सिटौला, जगतबहादुर मगर लगायतले शुभकामनामन्तब्य राखेका थिए । कार्यक्रम नेत्रहीन संघ बिर्ता बजारमा भएको कार्यक्रममा स्वागत सचिव अभिचन्द्र बास्कोटा, अध्यक्षता सामाजिक अभियन्ता गणेश ढुंगाना र सहजीकरण रन्जित परियारले गरेका थिए ।