जलथल । 

झापाको हल्दिबारी गाउँपालिकाले कृषकहरूलाई गहुँको बीउ वितरण गरिरहेको जनाएको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई गहुँको उन्नत जातको बीउ वितरण गरेको हो । 

बाली वाकिास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रबाट हल्दिबारी गाउँपालिकालाई आर्थिक बर्ष २०७८/०७९ मा प्राप्त शसर्त अनुदानबाट गहुँ उत्पादन तथा प्रवर्द्वन कार्यक्रम सञ्चालन मार्फत उन्नत जातको गहुँको बीउ ५० प्रतिशत अनुदानमा कृषकहरूलाई वितरण गरिएको कृषि बिकास शाखाले जानकारी दिएको छ।

सम्वधित वडा कार्यालयबाट कृषकलाई आवश्यक मात्रामा गहुँको  बिउँ लिनका लागि कृषकहरूले नेपाली नागरिकको प्रतिलिपी, जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, ५० प्रतिशत कृषकले ब्यर्होने रकमसहित निबेदनका साथ सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने वडा सचिव तथा सूचना अधिकारी राजन खतिवडाले जानकारी दिए।