झापा । 

झापा  मेचीनगर नगरपालिका–६ को पेमा तामाङले सञ्चालन गरेको रिङ टुर्स एण्ड ट्राभल्स्मा नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुलासा भएको छ । 

नक्कली रिपोर्ट बनाउने गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय  काँकडभिट्टाकोे प्रहरी टोलीले बुधवार साँझमा  सञ्चालक पेमा तामाङलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त कार्यालयमा रहेकोे २ ल्यापटप,  प्रिन्टर १ थान अनुसन्धानको लागि वरामद गरिएको जनाइएको छ ।

अनुसन्धानको क्रममा ल्यापटपमा भएका फाईल तथा जिमेल चेक गर्दाको अफिसियल प्याडहरूलाई डिजिटल स्क्यान गरेर नाम खाली पिसिआर नेगेटिभ भएको रिपोर्टहरू सेव गरेर राखेको पाईएका प्रहरीले जनाएको छ । नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयहरूको छापहरूलाई डिजिटल स्क्यान गरी गरेर राखेको समेत पाइएको छ ।

  साथै विभिन्न सरकारी कर्मचारी, डाक्टर र व्यक्तिहरूको दस्तखतलाई  डिजिटल स्क्यान सेव गरेको अवस्थामा फेला परेको बताइएको छ । अनुसन्धानको सिलसिलामा तामाङलाई झापा जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमती लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।