मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१० बसपार्कबाट जागिर लगाई दिन्छु भनेर ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका–२ का ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका–८ का उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक–पटक गरेर १ लाख ७३ हजार रकम रुपैयाँ ठगि गरेका थिए ।
पक्राउ परेका अर्यालको जिल्ला अदालत मोरङबाट ठगी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।