झापा ।
झापाको पूर्व तथा दक्षिण भेगमा वर्षौदेखि भारतबाट आउने जंगली हात्तीका कारण स्थानीयमा डरत्रास फैलिएको छ । सो क्षेत्रमा सोमवार र मंगलबार आएका ३ वटा जंगली हात्तीको डरले स्थानीय त्रसित बनेको नव दुर्गा मन्दिर व्यवस्थापन समितिका सचिब टीका दाहालले जानकारी दिए ।
उनका अनुसार हात्तीले त्यस्तो ठूलो कुनै क्षति नगरपनि स्थानीय मजदुर काममा जान डराएका र सोमवार बिद्यालयमासमेत डर र त्रासका कारण बन्द भएको छ ।
वन क्षेत्रमा सौय विधुतिय तारवार गरिएको भएतापनि उक्त तारबारले समेत हात्तीलाई नियन्त्रण गर्न सकेन छैन । पछिल्लो केही दिनदेखि हल्दिबारी २ स्थित पाराखुपी आसपास बस्तीमा पसेर अन्नबाली, घर, गोठलगायतका संरचना भत्काउनुका साथै वस्तिमा समेत मानसिक डर र त्रास उत्पन्न भएको छ।
सिग्गा बिद्यालय र सरस्वती आधारभूत बिद्यालयको आसपासमा आएको र स–साना बिद्यार्थीमा मानसिक रूपमा असर पर्ने गरेको बिद्यालयका प्रधानाध्यापक नरेश पराजुलीले बताए।
हात्ती गाउँमा पसेपछि साना बिद्यार्थीहरु डराउने, त्रशीत कारणले पढाईमा समेत प्रभाव पर्ने गरेको उनले बताए । झापाको हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा जङ्गलबाट हात्तीबस्तीमा पसेर दुख दिने गरेको छ।