बिर्तामोड ।
नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले अध्यक्षमा पुनः अर्जुन गिरी सर्वसम्मत चयन भएका छन् । वुट्टावारीस्थित दशनामी भवनमा मंगलवार सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गिरी, उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पुरी, सह सचिवमा मिलन गिरी र कोषाधयक्षमा खड्गराज गिरी सर्वसम्मत चयन भएका छन् ।
समितिको सदस्यमा गोविन्द गिरी, घनश्याम गिरी, धनवहादुर पुरी, राजन गिरी, रणवहादुर गिरी, खेमराज गिरी, विश्वनाथ गिरी, सम्झना पुरी र पद्मादेवी पुरी(पुनम) चयन भएका छन् ।
त्यसैगरी अधिवेशनले सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा गोविन्दबिक्रम गिरी, चन्द्रप्रसाद गिरी, पदमवहादुर पुरी (प्रकाश), वालकृष्ण गिरी, पार्वता गिरी, सन्तोष गिरी, एकराज गिरी, नरनाथ गिरी, उमेश भारती, केदार गिरी र शंकर गिरी रहेका छन् ।
सोही कार्यक्रमकाबीच नगरको कोषका लागि नरनाथ गिरी ५० हजार, पदमवहादुर पुरी २६ हजार, वालकृष्ण गिरी २५ हजार, शंकर गिरी २५ हजार, सन्तोष गिरी २५ हजार, चन्द्रप्रसाद–शारदा गिरी २५ हजार, गोविन्द गिरी ११ हजार एक सय ११ रुपैयाँ प्रदान गर्ने घोषणा समेत गरेका छन् ।
समितिका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रमममा नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दविक्रम गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा समाजका प्रदेश १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, समाजका झापा अध्यक्ष खिलवहादुर गिरी राजु, वरिष्ठ उपाध्यक्ष एलवहादुर गिरी, नेपाल दशनामी समाज भवन निर्माण समिति संयोजक केदार गिरी, नरनाथ गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
निर्वाचन मण्डलमा संयोजक गोपाल गिरी सदस्यमा बालकृष्ण गिरी र शंकर गिरी रहेका थिए ।
समाजका नगर उपाध्यक्ष जानुका गिरीले स्वागत गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद गिरीले अतिथि सत्कार गरेका थिए भने सचिव उद्धव पुरीले सञ्चालन गरेका थिए ।
भिडियो पनि