ताप्लेजुङ ।
ताप्लेजुङ मिक्वाखोला गाउँपालिका–४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरेर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका–६ का २६ बर्षिय राजु राजवंशी रहेका छन् ।
मंगलबार मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भएर घटनास्थलमै राजवंशीको मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दोभानले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।