बिराटनगर । 

१ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र बिराटनगरको ५६ औं वार्षिकोत्सव बिविध कार्यक्रमसहित आन्तरीक रुपमा सम्पन्न भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यमा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको खेलमैदानमा मंगलबार ५६ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । 

सोही अवसरमा प्रहरी नायव महानिरीक्षक बिसीले  तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन खेलका बिजय  हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरेका थिए ।  उनले तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरेका थिए । 

 बार्षिक उत्सब कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी श्रीमति संघकी अध्यक्ष चारु कोईराला बिसी तथा पदाधीकारीहरु,  प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।