मोरङ ।
मोरङको छुट्टाछुट्टै स्थानबाट लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउदै गरेको अवस्थामा बिराटनगर महानगरपालिका–१६ हुलास चौकबाट ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनसरी ईटहरी उप–महानगरपालिका–४ का २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुलसहित पक्राउ गरेको छ भने बिराटनगर महानगरपालिका–१७ मटेरुवाचोकबाट सुनसरी धरान उप–महानगरपालिका–१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुलसहित अस्थाई प्रहरी पोष्ट मटेरुवाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका–५ बलिया स्थितबाट मोटरसाईकलमा सवार रहेका केराबारी गाँउपालिका–६ का २१ बर्षिय सागर तमाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।