सुरुङ्गा ।
क्यासलेस कारोवारलाई प्रोत्साहन गर्दै डिजिटल प्रविधिलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ कनकाई नगरपालिका सुरुङ्गा क्षेत्रका व्यापारीलाई सामुहिक क्युआर कोर्ड प्रदान गरिएको छ ।
माछापुच्छ्रे बैँकद्धारा यस क्षेत्रका सैलुन, तरकारी, फलफुल पसलदेखि साना ठुला सबै प्रकारका व्यापारीहरुलाई सामुहिक क्युआर कोर्ड प्रदान गरिएको हो ।
व्यापारीहरुलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, राष्ट्रिय बैकका डिपुटी गर्भनर बमबहादुर मिश्र, माछ्रापुच्छे बैँकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायातले सय वढी व्यापारीलाई क्युआर कोर्ड प्रदान गरेका हुन् । कार्यक्रमको संचालन बैकका डिल्ली गिरीले गरेका थिए ।