झापा । 

झापाको दमक नगरपालिका–५ स्थित दिपेश भट्टराईको खाली घर कोठामा तास खेलिरहेको अबस्थामा ६ जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम चुलाचुली गाँउपालिका–५ का ३९ बर्षिय सुमनसिंह राई, पाँचथर मिक्लाजुङ गाँउपालिका–१ का ४२ बर्षिय बबिन सुब्बा, दकम नगरपालिका–५ का ५८ बर्षिय लक्ष्मी ढकाल, दमक–५ की ३४ बर्षीया कमला राई, दमक–५ की ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका–३ का ५१ बर्षिय राजकुमार खड्का रहेका छन् । 

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेकै अबस्थामा ४० हजार रुपैयाँ र ३ बुङ ताससहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।