मोरङ ।
रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–१० सोमबारेकी ७३ बर्षीया डम्बरकुमारी दाहाल रहेकी छिन् ।
रतुवामाई–१० मा घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी दहाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना बिषयमा ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।