मोरङ । 

स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी ईटहरी उप–महानगरपालिका–६ का ३४ बर्षिय शंकर पोख्रेल रहेका छन् । 

पथरीशनिश्चरे नगरपालिका–२ जयचोकमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १–०२–०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पुर्‍याईएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका–१ का २६ बर्षिय रोशन बि.क. लाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।