बिराटनगर ।
बैकिङ कसुर मुद्दामा फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । धरान उम–महनगरपालिका–७ की ५० बर्षिया सुनिला याखालाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको हो ।
बैकिङ कसुर मुद्धामा उच्च अदालत बिराटनगरको मिति २०७८ बैशाख १६ गतेको फैसला आदेशले १ बर्ष ६ महिना कैद र ५ लाख ८ हजार ३ सय ३८ रुपैयाँ ३३ पैसा जरिवाना गरेको थियो ।
उनी हालसम्म फरार रहेकी याखालाई पक्राउ गरी आइतवार सुनसरी जिल्ला अदालतमा दाखिला गराई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


















