झापा । 

वीरता जेसीज बिर्तामोडको अध्यक्षमा प्रविण खड्का चयन भएका छन् । वीरता जेसीजको ४१ औं साधारण सभाबाट सन् २०२२ का लागि खड्का अध्यक्षमा चयन भएका हुन् । 

जेसीजको कार्यकारीणी उपाध्यक्षमा कुशल खतिवडा, युवराज कुँवर  चयन भएका छन् । उपाध्यक्षमा बशन्त ढकाल दीपेन धिमाल, प्रकाश थापा मगर र दीपक थापा मगर र दीपक शाह चयन भएका छन् । 

तालिम संयोजकमा जनक खड्का, संयुक्त सचिवमा अनन्तलाल महत्तो, प्रकरण निर्देशकमा सुरज चौधरी र जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल चयन भएको निर्वाचन अधिकृत मिजास पोखरेलले जानकारी दिए ।