बिर्तामोड ।
‘आफ्नो ठाउँ आफै बनाउ’ भन्ने मुल नाराका साथ स्थापना भएको बिर्ताबजार सामाजिक युवा क्लव बिर्तामोड–३ बिर्ताबजारले बजार क्षेत्र सरसफाई गरेको छ ।
क्लवले शनिवारको दिन पारेर हप्तामा एकदिन बजार क्षेत्र सरसफाई गर्दै आएको छ । क्लबले चोरीका घटना बढ्न थालेपछि बिर्ताबजार अधुवाखोला पारीबाट बुद्धनगरसम्म १४ वटा सडकबत्ती समेत जडान गरेको क्लबका अध्यक्ष विवेक मानन्धरले बताएका छन् । सडक बत्ती प्राधिकरण र स्थानीय वडासँगको समन्वयमा जडान गरिएको थियो ।
आफ्नो ठाउँ आफै सरसफाई गरौं भन्ने उदेश्यले क्लवको गठन गरिएको अध्यक्ष मानन्धरले जानकारी दिए । स्थानिय स्तरमा हुने फोहोरमैला आफै नै ब्यवस्थापन गर्नुपर्छ भन्ने जनचेतना जगाउन क्लवको भुमिका रहने क्लवका सल्लाहकार समिल राईले बताए ।
आज भएको सरसफाई कार्यक्रममा क्लवका उपाध्यक्ष निर्मल राउत, सचिव मदन राई, कोषाध्यक्ष रुमिला राई, सदस्य नारायण मगर, अनिल राई, मनोज बुढाथोकी, कमल राउत, सल्लाहकार धर्मराज माझी, चन्द्र गुरुङ, अदिप राईलगायतको सहभागीता रहेको थियो ।