मोरङ । 

मोरङको बेलबारी नगरपालिका –८ स्कुल राईरझारमा  ट्रयाक्टर मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २९ बर्षिय डम्बर थापा रहेका छन् ।  साईडमा रोकी राखेको प्र १–०२–००३ त ०३८० नम्बरको ट्रयाक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाएर दुर्घटना हुँदा घाईते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल बिराटनगरमा उपचारको  मृत्यु भएको हो ।

मोटरसाइकल पछाडी सवार सोही स्थानका २६ वर्षिय राजन पराजुली समेत घाईते भई सोही अस्पतालमा उपचार भइरहेको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।