झापा । 

सवारी ज्यान मुद्दामा फरार रहेका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले फरार साबिक झापा दमक ३ हाल मोरङ पथरी शनिश्चरे १ का २८ बर्षिय दीपक पोखरेल (द्रोणे) लाई शुक्रवार पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको मिति २०७१ असोज ३० गतेको फैसला अनुसार सवारी ज्यान मुद्दा शिर्षकमा सजाय ठहरिएर हालसम्म फरार रहेका पोखरेललाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित  फैसला कार्यान्वयनको लागि जिप्रका झापाको प्रहरी टोलीले पक्राउ फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराईएको हो । उनलाई २ बर्ष कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । 

 कैद भुक्तानको लागी कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भए बमोजिम हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।