लक्ष्मीपुर । 

नेपाल दशनामी समाज कनकाई नगरपालिकाको अध्यक्षमा रामप्रसाद गिरी सवैसम्मत चयन भएका छन् ।समाजको शुक्रबार भएको तेस्रो नगर अधिवेशनले गिरीको अध्यक्षतामा ९ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको नगरका निवर्तमान अध्यक्ष नारद गिरीले जानकारी दिए । 

त्यस्तै समितिको उपाध्यक्षमा धनबहादुर बन, सचिवमा प्रेमकुमार पुरी, सह–सचिवमा अमृतकुमार गिरी र कोषाध्यक्षमा खिनमाया गिरीलाई चयन गरेको छ । समितिको सदस्यमा नारद गिरी, अर्जुन गिरी, धनबहादुर पुरी चयन भएका छन् भने समितिको पहिलो वैठकले एकजना सदस्य मनोनित गर्ने जनाइएको छ । 

नगर अध्यक्ष नारद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज प्रदेश नं. १ अध्यक्ष चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्य तथा समाजका झापा बरिष्ठ उपाध्यक्ष एलबहादुर गिरी विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत तथा सञ्चालन  खड्ग गिरीले  गरेका थिए ।