झापा ।
झापा अर्जुनधारा नगरपालिका वडा वडा नम्वर ५ स्थित ओम चोकबाट बिहीबार प्रहरीले काठ पक्राउ गरेको छ ।
मे १ च २९५० नम्बरको गाडीलाई पहरीचौकी शनिश्चरेको प्रहरी गस्ती टोलीले ८३ थान चौकट र २ थान झ्यालको पल्ला (सखुवा जातको) काठ परालले छोपेर ल्याएको पक्राउ गरेको हो ।
लुकाएर ल्याउदै गरेको अवस्थामा फेला पारी बरामद काठ, गाडी र गाडी चालक झापा बुद्धशान्ति वडा नं. २ जयपुर बस्ने बर्ष ३० का कुमार बोहोरा, सोही स्थानका सह–चालक बर्ष ५२ का बालकृष्ण गौचनलाई नियन्त्रणमा लिएको छ । पत्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीले आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाएको प्रहरीले जनाएको छ ।