मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको धरान उप–महानगरपलिका–१६ का ३२ बर्षिय आशिष बि.क.र ३० बर्षिय संजोग गजमेर रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले उनीहरुलाई लुपिजेसिक २८ एम्पुल, डाईजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।