भद्रपुर । 

शक्तिपीठ मन्दिरमा नव निर्मित मन्दिरको मुर्ति प्राण प्रतिस्ठा गर्ने शुभ अवसर पारेर श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ बुधबारदेखि शुरु भएको छ । महायज्ञको उद्घाटन कार्यक्रमका प्रमुख  अतिथि तथा हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले  गरेका हुन् ।

त्यस्तै मन्दिर समितिका सदस्यएक राज पौडेल र संजिप पौडेलले गल्ला उद्घाटन गरेका थिए भने भिमबहादुर बस्नेतले धान्याचल पर्वतको उद्घाटन गरेका थिए ।

प्रमुख कथावाचक बाल व्यास पं.कृष्ण कोईराला र उपवाचक युवा पं.कमल नयन निरौला रहने महापुराण २८ गते समापन हुने बताइएको छ । बजार ब्यवस्थापन समितिका पुर्व अध्यक्ष पर्शुराम बजगाईको अध्यक्षता भएको कार्यक्रममा शक्तिपीठका सदस्य ईश्वरी दाहालले संचालन गरेका थिए ।

कार्यक्रम विशिष्ट टीका दाहालले शुभकामना मन्तव्य राखेका थिए । शिवालय सहितको भवन निमार्ण, अक्षयकोष स्थापना र एम्बुलेन्स सेवा सञ्चालन गर्ने उद्वेश्यले संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ गरिएको जानकारी पुरान आयोजक समितिका अध्यक्ष कुमार भण्डारीले  बताए ।