झापा । 

मोटरसाइल चोरी गर्नेलाई इलाका प्रहरी कार्यालय बुधवारेले पक्राउ गरेको छ । ईलाम रोङ गाउँपालिका–३ कुटिडाँडाका रोहित राईको मे ९ प ५२१० न. को पल्सर मोटरसाइकल चोरी गर्ने ईलाम पशुपति नगरपालिका वडा न.३ बस्ने बर्ष २५ का पासङ तामाङ पक्राउ परेका हुन् । 

आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी भएको थियो । प्रहरी चौकी हर्कटे ईलाम मार्फत जिल्ला प्रहरी कार्यालय झापामा जानकारी गराएको थियो । चोरी भएको हुलिया सहितको खबर मातहत प्रहरी युनिटहरुमा सर्कुलेशन गरीएको थियो ।

  बुधबारेको प्रहरी टोलीले मोटरसाइकल डोर्याएर ल्याउँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कार्वाहिको लागि ई.प्र.का. पशुपतिनगर ईलाम पठाइएको प्रहरीले जनाएको छ ।