बिर्तामोड । 

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको अधिवेशन मंसिर २८ गते हुने भएको छ । समितिको मंगलबार बिर्तामोडमा बसेको बैठकले बिर्तामोड नगरको तेस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । 

नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षता तथा समाजका प्रदेश नं. १ सदस्य बालकृष्ण गिरीको प्रमुख आतिथ्यमा वसेको बैठकले उक्त निर्णय गरेको सचिव उद्धव पुरीले बताए । 

दशनामी भवन बुट्टाबारीमा अधिवेशन मंसिर २८ गते गरिने निर्णय भएको जनाइएको छ । वैठकमा  नगर बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद गिरी, उपाध्यक्ष जानुका गिरी, सदस्य रणबहादुर गिरी, खड्गराज गिरी, राजन गिरी, खेमराज गिरीलगायतको उपस्थिति रहेको थियो ।