मोरङ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुनसरीको धरान उप–महानगरपालिका–३ का २८ बर्षिय केमन खड्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसुर मुद्दामा मिति २०७८ बैशाख १६ गते को सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय रुपैयाँ जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय समुह बिराटनगरको प्रहरी टोलीले खोजतलास गर्दा गाँउघरमै लुकेर  बसेको अबस्थामा बुधबार दिउसो पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कीलाई  जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।