झापा । 

झापा मेचिनगर नगरपालिका वडा नं. ६ स्थित मेची खोलाको पुरानो पुलबाट लागूऔषध ब्राउन सुगरसहित मंगलबार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय काकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल  आउदै गरेका सल्यान बनगाउँ नगरपालिका वडा नं. १ सल्लीबजार बस्ने बर्ष ३० रमेश डि.सी. लाई पक्राउ गरेको हो । 

शंका लागेर चेकजाँच गर्ने क्रममा उनले बोकेको झोला भित्र रहेको किताब भित्र हरियो पातलो प्लाष्टिकले बेरी लुकाएको अवस्थामा प्रतिबन्धीत लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २३ ग्राम फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।