मोरङ ।
बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उममहानगरपालिका–१२ का ३३ बर्षिय श्रबणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र २ लाख ४० हजार जरिवाना सुनाएको थियो ।
परार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले खोजतलास गर्दा गाँउघरमै लुकेर बसेको अबस्थामा पक्राउ गरी मंगलबार जिल्ला अदालत सुनसरीमा दाखिला गरी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।