सुनसरी । 

सुनसरीको धरान उप–महानगरपालिका–२ भानुचोकबाट  लागू औषधसहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–१३ का २७ बर्षिय मिलन तामाङ रहेका छन् ।

मंगलबार विहान वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलिले चेकजाँच गर्दा तामाङको साथबाट डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको हो ।

तामाङलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरिहरेको प्रहरीले जनाएको छ ।