बिर्तामोड ।

 निर्माण व्यवसायी संघ झापाले एकजना पत्रकारसहित आठजनालाई सम्मान गरेको छ ।  संघको १४ औं अधिवेशनमा मंगलबार बिर्तामोडमा एभी न्युज झापाका पत्रकार सन्तोष न्यौपानेसहित व्यवसायीहरुलाई सम्मान गरेको हो । 

पत्रकार न्यौपानेलाई संघको गतिविधिमा पत्रकारिताको माध्यमबाट सहयोग गरेको भन्दै न्यौपानेलाई १० हजार रुपैयाँसहित सम्मान गरेको हो । 

त्यस्तै अग्रज व्यवसायी छत्रप्रसाद अधिकारी, उपेन्द्रप्रसाद सिंह, धर्म खड्का, रामप्रसाद मैनाली, जेष्ठ सदस्य कृष्ण सिटौला, मरोणापरान्त सम्मान दिपेन्द्र पोखरेल, साहित्य सिर्जना तुलसी भट्टराईलाई सम्मान गरेको हो । 

संघका झापा अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत संघका उपाध्यक्ष शरद खनालले गरेको कार्यक्रमलाई महासचिव ओम पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, प्रहरी उपरिक्षक सानुराम भट्टराईलगायतको उपस्थिति रहेको थियो । 

भोली हुने संघको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।