झापा ।
झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई इलाका प्रहरी कार्यालयले अनारमनीले पक्राउ गरेको छ । मोटरसाईकल हराएको तथा चोरी भएको जनगुनासो बढ्न थालपछि इप्रका अनारमनीले खोज तलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
इप्रका अनारमनीको प्रहरी टोलीले जिल्ला ईलाम सुर्योदय नगरपालिका वडा नं. ९ बस्ने वर्ष २१ का आशिष सुब्बा, सोहि नगरपालिका ८ बस्ने बर्ष २१ का बिवेक घिमिरे, बिर्तामोड नगरपालिका वडा नं. ३ बिर्ताबजार बस्ने बर्ष २६ का रंजित राजवंशीलाई विभिन्न मितिमा चोरी गरेका मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनीहरुलाई झापा जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी आवश्यक कानुनी कारवाहीको पकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।