बिर्तामोड । 

पत्रकार तुलसीप्रसाद निरौला झापाको धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित शताक्षीधाममा सम्मानित भएका छन् । शताक्षीधामस्थित गोलोक गोवर्धन गौशालामा आयोजित शताक्षीधाम गोरक्षा महोत्सव २०७८ को समापनमा उनलाई सम्मान गरिएको हो । 

पत्रकारिताको माध्यमद्वारा गोवंशको संरक्षण र सम्वद्धनका लागि गोचेतना जगाएको भन्दै सम्पादक निरौलालाई सम्मान गरिएको हो । 

 गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाज, सचिव घनश्याम अधिकारी, शताक्षी गुरुकुलम्का प्राचार्य मदनमोहन अधिकारी , शताक्षीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुव्वालगायतले पत्रकार निरौलालाई दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा गौसेवक सावित्रा ढकाललाई समेत सम्मान गरिएको थियो ।  

कार्यक्रममा शहश्र चण्डी महामहोत्सव, धेनुमानस कथा मार्कण्डेय महापुराणको समापन गरिएको थियो भने गंगा आरती लक्ष्यवर्ति समेत गरिएको थियो ।  

कार्यक्रममा अन्तर्राष्ट्रिय वैदिक विद्धत परिषद्का प्रवक्ता गोभक्त पंडित घनश्याम खनाल , आचार्य धु्रवश्री गुरागाईंलगायतले गोवंशको महिमावारे प्रकाश पारेका थिए ।