झापा ।
झापाको दमक नगरपालिका –१० की ४९ बर्षीया घनादेबी आचार्यलाई आफ्नै श्रीमान ४५ बर्षिय रामकुमार लिम्बुले कुटपिट गर्दा मृत्यु भएको छ ।
मंसिर १६ गते घनादेबीलाई उनको श्रीमानले कुटपिट गर्दा घाईते भएकी घनादेबीलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि पुर्याएको केही समयपछि उपचार हुन नसकी घर फर्किने क्रममा मृत्यु भएको थियो ।
कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।