बिर्तामोड । 

झापाको बुद्धशान्ति गाउँपालिका २ स्थित बाल्मीकि चोकमा रहेको ऋषि वाल्मीकिय मधुसुदन आश्रमको निमार्णाधिन भवनका लागि  समाजसेवी श्याम प्रसाई एसपीले आर्थिक सहयोग गरेका छन् । 

ढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा मेची ट्रान्फोर्ट एसोशिएसनको बरिष्ठ उपाध्यक्ष समेत रहेका प्रसाईले निमार्णधिन आश्रमलाई १८ हजार ९९ रुपैंया सहयोग गरेका हुन् ।  उनले आश्रम समितिका अध्यक्ष आर्चाय राघवेन्द्र मिश्रले उक्त नगद रकम हस्तानतरण गरेका थिए । 

उनले आर्थिक अभावका कारणले निमार्ण कार्य अगाडि बढ्न नसकेको आफ्न्त भैरब उप्रेतीबाट थाहा पाएसंगै केहि थोरै  सहयोग गरेको बताए ।