विर्तामोड  । 

मेचीमहाकाली सयुक्त आवाज झापाको आयोजनामा लैङ्गकि हिसा न्यूनीकरण, सामाजिक कुरीति, कुप्रथा, बाल बिबाह बिषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा भएको छ ।

, बिर्तामोड नगरपालिकाका मेयर ध्रुव शिवाकोटीले हिंसा न्यूनीकरण, दलित अधिकारका नाममा राज्यको करोडौं बजेट सकिएपनि उपलब्धि शुन्य रहेको बताए ।

हिसाका घटनामा ८० प्रतिशतले कमी आएको दाबी गर्दै उनले प्रत्येक ब्यक्तिको आचारण सुध्रिएमात्रै हिसा न्यूनीकरण हुने धारणा राखे । अधिबक्ता कबिता शर्माले शक्तिमा रहेकाले शक्ति बिहिनमाथि हिसा  गर्ने गरेको बताइन् । उनले शक्ति सन्तुलन र समान अधिकार प्राप्तिले मात्रै हिसाको अन्त्य हुने  धारणा राखिन् । 

बिर्तामोडका इन्स्पेक्टर हरि बराल, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पुर्बेली, नारी सन्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, रेडियो बिराटकी प्रबन्ध निर्देशक लीला अनमोल, जानुका सन्जेल सस्थाका कोषाध्यक्ष परु सुवेदी,  लगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । 

महिला हिसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर  दोस्रो चरणमा कविता शर्माले लैगिक हिंसापीडितका लागि कानुनी ब्यवस्थाका बिषयमा र हरि बरालले लैगिक हिसा, घरेलु हिसा र महिला हिसाका बिसयमा जानकारी दिएका थिए ।