विर्तामोड ।
हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार’ भन्ने नाराका साथ ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ ।
दिवसकै अवसरमा झापा नेत्रहीन संघको आयोजनामा विर्तामोडमा विविध कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा विभिन्न दाताको सहयोगमा संघमा आवद्ध अपाङ्गता भएका व्यक्तिहरुलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै पोषणयुक्त सामग्री र न्यानो कपडा वितरण गरिएको थियो ।
कार्यक्रममा मनोज रौनिया, राधारानी कुर्ता सुरुवाल पसल र शत्रुधन रौनियारले उपलब्ध गराएका ज्याकेट, हाइनेक, पाइन्ट तथा कुर्ता सुरुवालसहित ४२ थान कपडा समेत वितरण गरिएको संयोजक विर्तामोड नगरपालिकाका नगर परिषद सदस्य द्रौपदी गणेशले जानकारी दिए ।
भोजकुमार तामाङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि राजु न्यौपाने, द्रौपदी गणेश, दाता पार्वता खरेल विमली, संस्थाका सल्लाहकार खेम रेग्मी, कनकाई नगरपालिकाका महिला विकास शाखा प्रमुख टिका खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।