विराटनगर । 

लागूऔषध मुद्धा र चोरी मुद्धाका फरार भएकालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लागूऔषध मुद्धाका सुनसरी धरान उप–महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिदिकी र चोरी मुद्धाका मोरङ कटहरी गाउपालिका  १  का २३ बर्षीय सुरज कामत रहेका छन् ।  पक्राउ परेका दुवैजनालाई सुनसरी र मोरङ अदालतबाट कैद भुक्तानको लागि हिजो कारागार चलान गरेको छ ।

लागूऔषध मुद्धामा सुनसरी जिल्ला अदालतबाट २०७१ पुस २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष १ महिना २४ दिन कैद र १ लाख रुपैयाँ जरिवाना भई लगत नं. ७२३२ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका सिदिकी र चोरी मुद्धामा  उच्च अदालत बिराटनगरको  २०७८ भदौ २३ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र  १५ हजार जरिवाना भई  लगत नं. ५८१ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका कामतलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकेर बसेको अवस्थामा  पक्राउ गरेर जिल्ला अदालतमा पठाएको प्रहरीले जनाएको छ ।