झापा ।
झापाको हल्दिबारी गाउँपालिकाले शुक्रवार (आज) देखि आगामी पुष ०२ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन गर्ने अभियान थालेको छ ।
विगतमा मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरुका लागि निर्वाचन आयोगले विशेष कार्यक्रम सञ्चालन गरी गाउँपालिकाको कार्यालय मंगलबारेमा नामावली संकलन गर्ने तयारी गरेको हो ।
फोटो सहितको मतदाता नामावली नाम दर्ताका लागि नेपाली नागरिकताको सक्कल साथै स्वयम उपस्थित हुनुपर्ने गाउँपालिकाका प्रवत्ता सागर पोर्तेलले जानकारी दिए ।
नागरिकतामा स्थायी ठेगाना फरक भएमा बसाइँसराई प्रमाणपत्रसमेत लिएर आउनु पर्ने पोर्तेलले जानकारी दिए । उनका अनुसार कोरोनाका कारण विगतका वर्षहरुमा मतदाता नामावलीमा नाम छुटेकाहरुका लागि विशेष कार्यक्रम ल्याइएको हो ।