संखुवासभा । 

संखुवासभा चिचिला गाउँपालिका ३ सोलाखानी स्थितमा ढुंगाले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अरुण तेस्रो जलबिधुत आयोजनामा काम गर्ने कामदार भारत मध्य प्रदेश का ४५ बर्षिय मुगेरीलाल सिंह रहेका छन् ।

  निर्माणाधिन सुरुङ भित्र काम गर्ने क्रममा अचानक माथिबाट ढुङ्गा झरेर किचि घाईते भएका सिंहलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको थियो । उपचारको क्रममा  सिंहको मृत्यु भएको हो ।

घटनाको विषयमा  प्रहरीद्वारा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।