झापा । 

झापाको हल्दिबारी गाउँपालिका वडा नं.५ मा  कृषक तथा कृषि समूहलाई आलुको वीउ वितरण गरिने भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत राष्ट्रिय र स्थानीय महत्त्वका खाद्य सूरक्षामा टेवा पुर्‍याउने वाली वस्तुको  साना व्यवसायीक कृषि उत्पादन केन्द्र .(पकेट) विकास कार्यक्रम अन्तर्गत आलुको वीउ वितरण गर्न लागिएको हो । 

गत आवदेखि स्थापना भएका आलु पकेट विकास कार्यक्रम क्षेत्र बिस्तारका ५० प्रतिशत अनुदानमा आलूको बिउ वितरण गरिने भएको हो ।

हल्दिबारी वडा नं.५ का  कृषक रकृषक समूहले मंसिर २१ गते  भित्रमा नेपाली नागरिकको प्रतिलिपी, जग्गा धनिपुर्जाको प्रतिलिपी, समूह भए समूहको निर्णयको प्रतिलिपी र निवेदनसहित वडामा सम्पर्क राख्न सकिने वडा सचिव भजन संग्रौलाले बताए।