झापा । 

झापाको हल्दिबारी गाउँपालिका –२ पाराखुपीमा नवनिर्मित नवदुर्गा मन्दिरमा संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । 

शिवालय सहितको भवन निमार्ण, अक्षयकोष स्थापना र एम्बुलेन्स सेवा सञ्चालन गर्ने उद्वेश्यले संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ गरिने भएको हो ।

मंसिर २२ गतेदेखि २८ गतेसम्म बाल ब्यास पण्डित कृष्ण कोईराला तथा युवा पण्डित कमल नयन निरौलाबाट पाठ तथा कथा तथा राष्ट्रिय भजन गायक कृष्ण भण्डारीबाट भजन कृर्तनको प्रस्तुति रहने पुराण आयोजक समितिका अध्यक्ष कुमार भण्डारीले जानकारी दिए ।

यज्ञले प्रकृति पर्यावरण जीव तथा वनस्पतिको संरक्षण हुने भएकाले यज्ञलाई सफल गर्नका लागि आ–आफ्नो तर्फबाट अहम भूमिका निर्वाह गर्न आयोजक समितिले आव्हान गरेको छ । आफ्ना दिवंगत पितृको उद्वार तथा भावि सन्तानको समुन्नत भविश्यको कामना  गर्दै महायज्ञमा आयोजना गरिएको बताइएको छ । यज्ञ पुरूष भगवान्को अर्चना साथै महिमा श्रवण गरी देवदूर्लभ मानव जीवनलाई सार्थक बनाउन धाम समितिले सवैमा आग्रह गरेको छ । 

यज्ञ सम्पन्न गर्न अनुमानित खर्च ६ लाख ५० हजार रुपैयाँ लाग्ने र दानवीर तथा दाताहरुबाट उक्त रकम जुटाउँटै भवन निमार्ण, अक्षयकोष र एम्बुलेन्स सेवा सञ्चालनका लागि रकम संकलन गरिने आयोजक समितिका अध्यक्ष भण्डारीले बताएका छन् ।