• रञ्जित परियार

बुट्टाबारी । 

अर्जुनधारा नगरपालिका वडा नं. ११ की अति विपन्न परिवारकी समिक्षा योगीलाई बचाईदिन आमा निर्मला योगीले अपिल गरेकी छिन् । 

सरस्वती माध्यमिक बिद्यालय  बुट्टाबारीमा कक्षा १० मा अध्ययनरत समिक्षालाई ब्रेनट्युमर भएपछि आमा निर्मलाले छोरीको उपचारमा सहयोग गरिदिन सवैमा अपिल गरेकी हुन् ।  

छोरी समिक्षा खाउ–खाउ र लाउ–लाउ भन्ने उमेरमा ब्रेनट्युमर भएपछि आमा निर्मला योगीले भक्कानिदै छोरी समिक्षालाई बचाइ दिन सहयोगी मनहरुमा सहयोगका लागि आह्वान गरेकी छिन् ।

बुबा सामान्य ज्याला मजदुरी गरी दुई छोरी र एक छोरासहित पाँच जना परिवार धान्दै आएको र आफू सुकुम्बासी भएको र बिक्री गर्ने केही सम्पत्ति नहुदा छिमेकी र आफन्तहरुको सहयोगमा सामान्य  उपचार गराउदै आएको छन् ।  अप्रेसन गर्न १२/१५ वढी लाख खर्च लाग्ने अस्पतालले जनाएपछि हाल योगी परिवारमा ठुलो ब्रजपात परेको छ । 

हाल रोकथामका लागि दमकको आयुर्वेद औषधि खादै गरेको योगिले बताए ! प्राथमिक शिक्षा स्थानीय जुनकीरी प्राबिमा लिएकी समिक्षा हाल सरस्वती माबि बुट्टाबारीमा अध्ययनरत छिन् । बाच्ने इच्छा र स्कुल पढ्ने इच्छालाई कसरी साकार पार्ने भन्दै चिन्ता रहेको र उनको हालको औषधि खान मात्र मासिक २० हजार रुपैयाँ खर्च हुने गरेको आमा निर्मलाले जानकारी दिइन् । अर्जुनधारा नगरपालिका हालसालै ३५ हजार रुपैयाँ सहयोग गरेको छ । 

सामाजिक संघ÷संस्था तथा सामाजिक ब्यक्तित्व र सहयोगीहरुको सहयोगको अपेक्षा राख्दै आमा निर्मला योगीको नाममा रहेको एक्सेल डेभलपमेन्ट बैंक बिर्तामोड खाता न ००१०१२००१६०९८९००००१ मा सहयोग गरिदिन आमा निर्मलाले सवैमा अनुरोध गरेकी छिन् । सहयोग गर्न चाहनेका लागि सम्पर्क ९८०४९५४९६४ र ९८४२७९६४१८ रहेको छ ।