मोरङ । 

मोरङ रतुवामाई नगरपालिका २ डोरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरियाका २१ बर्षीय निरन्जन कुमार सिंह रहेका छन् ।

सोमबार घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर  घाईते भएका सिंहलाई उपचारको लागि रंगेली अस्पताल पुर्याउदा साढे १२ बजे चिकित्सकले  मृत्यु भएको जानकारी दिएका हुन् ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।