झापा । 

श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपाल प्रदेश नम्बर १ जिल्ला कार्यसमिति झापाको  अध्यक्षमा मीरा अधिकारी ओली निर्विरोध भएकी छन् । 

श्रीकृष्ण प्रणामी मन्दिर दमकमा सम्पन्न प्रथम अधिवेशनबाट मीरा सहित अन्य पदाधिकारी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । 

समितिको उपाध्यक्षमा क्रमश तारा कट्टेल र शान्ता मैनाली, सचिवमा मेनुका सिटौला, कोषाध्यक्षमा कल्पना तिम्सिना, सह–सचिवमा तुलशा तिम्सिना, सह–कोषाध्यक्षमा   पवित्रा मैनाली चयन भएका छन् । सदस्यमा गंगादेवी दुलाल, शान्ता उप्रेती र मनीता बजगाई चयन भएका हुन् । 

प्रेम कुमारी भट्टराईको अध्यक्षतामा  सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाइजूराज महिला समिति नेपालकी केन्द्रिय उपाध्यक्ष बिन्दु घिमिरे र विशिष्ट अतिथि प्रदेश संयोजक गंगादेबी घिमिरे रहेका थिए । 

 कार्यक्रममा श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीका गाधीपती कृष्णदास महाराजको विशेष आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बाइजुराज समितिकि पुर्व उपाध्यक्ष गंगा बास्तोला सेवा समिति नेपालका उपाध्यक्ष सारदाप्रसाद थपलिया र कृष्णप्रसाद बजागाई, नि –बर्तमान उपाध्यक्ष पदम प्रसाद पोखरेल, सदस्य चन्द्र डाङी, श्री कृष्ण सत्सङ्ग सेवा परिषद झापाका अध्यक्ष मिलन कुमार बस्नेत, युवा परिषद केन्द्रीय सदस्य दिपक दाहाल र मदन अधिकारी, जिल्ला अध्यक्ष टहल दास ओलीलगायतको आतिथ्यत रहेको थियो ।